दफा
बोर्डको काम, कर्तव्य र अधिकार

बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) दूध तथा दुग्ध पदार्थहरु र पशु आहाराको उत्पादन एवं प्रवद्र्धनको लागि आवश्यक हुने पदार्थहरुको आयात तथा उत्पादित दूध तथा दुग्ध पदार्थहरु र पशु आहाराको निर्यात सम्बन्धी नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस
गर्ने र पारित नीति कार्यान्वयन गर्ने, गराउने ।
(ख) दूधको मूल्य निर्धारण गर्ने नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने ।
(ग) दुग्ध व्यवसाय सम्बन्धमा उत्पादक तथा उपभोक्ताहरुको हितको लागि नेपाल सरकारलाई आवश्यक सुझाव दिने ।
(घ) सहकारीको माध्यमबाट दुग्ध व्यवसायको विकास गर्न प्रोत्साहन गर्ने, गराउने ।
(ङ) दुग्ध उद्योगहरुको दर्ता गर्ने, गराउने ।
(च) दुग्ध उद्योगको लागि आवश्यक स्वदेशी तथा विदेशी सहायता, अनुदान तथा ऋणको व्यवस्था तथा परिचालन गर्ने, गराउने ।
(छ) दुग्ध उद्योगको स्थापना, सुधार, प्रवद्र्धन तथा संरक्षण गर्न प्राविधिक सहयोग उपलव्ध गर्ने, गराउने ।
(ज) दुग्ध व्यवसाय सम्बन्धी कार्यक्रमहरुको अनुगमन, मूल्यांकन तथा समीक्षा गर्ने गराउने ।
(झ) दुग्ध उद्योग सम्बन्धी अन्य आवश्यक कार्य गर्ने, गराउने ।